April 29, 2025

मोटरसाइकल खरिदमा रु. १ लाख उपहार

March 15, 2021
- ADVERTISEMENT -

चितवन । मोटरसाइकल खरिद गर्ने क्रममा ललितपुर निवासी दामोदर पौडेलले एक लाख उपहार प्राप्त गरेका छन् । पौडेललाई एन के मोटर्स हाकीमचोकबाट पल्सर मोटरसाइकल खरिद गर्ने क्रममा आइतबार एक लाख उपहार प्राप्त भएको हो ।
हाल भरतपुर महानगरपालिका वडा नम्बर ११ बस्दै आउनु भएका पौडेलले एन के मोटर्सले सञ्चालन गरेको ‘अनलाईन स्क्याच मेला’ अन्तर्गत उक्त उपहार प्राप्त गरेको कम्पनीको सेल्स मेनेजर अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार जिल्लामा सुरु भएको पहिलो दिन र पहिलो ग्राहकलाई नै रु १ लाख लक्कि ड्रबाट परेको हो ।
योजना अन्तर्गत ग्राहकले रु १ हजार देखि १० लाखसम्म उपहार प्राप्त गर्न सक्ने मोटर्सका सञ्चालक निर्मल कडेंलले बताए ।

- ADVERTISEMENT -