२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

म्यानमारमा भएको सैनिक कु को विरुद्ध प्रर्दशन

प्रकाशित मिति : २०७७ चैत्र २ गते
- ADVERTISEMENT -

चितवन / मानव अघिकार तथा शान्ति समाज चितवनले भरतपुर चौबीसकोठीमा प्रदर्शन गरेको छ । समाजले म्यानमारमा भएको सैनिक कु र मानव नरसंहार विरुद्ध चौबीसकोठीमा शान्ति पुर्ण विरोध प्रर्दशन गरेको हो ।
कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव बाबुराम आचार्यले म्यानमारमा भएको सैन्य कु ४२ दिनसम्म आइपुग्दा ७६ जनाभन्दा बढी सर्वसाधारणको हत्या भएको बताए ।
उनको ८० प्रतिशत जनमत पाएको सरकारलाई सत्ता हस्तान्तरण गर्नुपर्ने भनाइ थियो । प्रजातन्त्रको पुर्नस्थापना हुनुपर्ने, नागरिक अधिकार पुनर्वहाली गर्नुपर्ने, मानव नरसंहार तुरुन्त बन्द गर्नुपर्ने उनको जोड थियो ।
प्रदर्शनकारीहरुले म्यानमार मानव अधिकारको सम्मान गर, म्यानमारमा सैनिक शासन चाँहिदैन, मान्छे मार्न पाइदैन, म्यानमार हत्या र दमन बन्द गर, लोकतन्त्र बहाली गर दमन बन्द गर, म्यानमार राजनीतिक बन्दी रिहा गर, म्यानमार स्टप किलिङ, म्यानमार रिस्टोर डेमोक्रेसी जस्ता लेखिएका ब्यानर बोकेर प्रर्दशन गरेका हुन् ।
कार्यक्रममा मानव अघिकार तथा शान्ति समाज चितवनका सभापति शम्भु रावत, सचिव दयानिधि अर्याल, सावित्री कंडेल, रितु न्यौपाने, सुप्रिया सापकोटा, तारा पौडेललगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -