काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७९ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ३१० पुगेको छ । पछिल्लो २४ घण्टामा ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७१ हजार ४०१ जना संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार १४ पुगेको छ । आज कोरोनाबाट थप व्यक्तिको मृत्यु नभएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ८९५ रहेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

नेपालमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि
March 15, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
