June 13, 2024

नेपालमा २४ घण्टामा थप ११४ जनामा कोरोना संक्रमण

March 16, 2021

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ११४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४२४ पुगेको छ । पछिल्लो २४ घण्टामा ९४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हालसम्म २ लाख ७१ हजार ४९५ जना संक्रमणमुक्त भएका छन् ।अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार १४ पुगेको छ । आज कोरोनाबाट थप व्यक्तिको मृत्यु नभएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ९१५ रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -