September 18, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा म्युजिक थेरापी र सडक नाटक मार्फत सचेतना

March 16, 2021
Photo : halkaro

चितवन । चितवनमा लागुऔषध दुर्यव्सनी विरुद्ध जनचेतनामूलक नाटक तथा सांगीतिक थेरापी कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आयोजना गरेको तथा जिल्ला प्रहरी कार्यालय चितवनले सहकार्य गरेको हो ।
म्युजिक थेरापी र सडक नाटक मार्फत गरिएको कार्यक्रमले सर्वसाधारणलाई सचेत तथा जागरुक बनाउने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए । सार्वजनिक सवारी साधनमा हुने महिला दुर्व्यवहार, लागु औषधको दुर्व्यसनी तथा कारोबारीहरुबारे प्रष्ट् पारिएको उनको भनाइ थियो ।
उनका अनुसार सर्वसाधारण, विद्यार्थीलाई चेतना दिने उद्देश्यले नाटक प्रस्तुत गरिएको हो । यस्ता किसिमका कार्यक्रमले केही हदसम्म भएपनि लागुऔषध, घरेलु हिंसा जस्ता सामाजिक अपराधहरु न्यूनीकरण हुने उनले भने ।