February 6, 2025
- ADVERTISEMENT -

चितवनमा चैत्र ५ गते बृहत साइकल र्याली 

March 16, 2021

चितवन / चितवनमा वृहत साइकल र्याली हुने भएको छ । ग्लोबल रिसाइकलिङ डेको अवसर पारेर चितवनमा वृहत साइकल र्याली हुने मंगलबार पत्रकार सम्मेलन मार्फत रिसाइकलर नेपालका संस्थापक आनन्द मिश्रले जानकारी दिए ।
मिश्रका अनुसार चैत्र ५ गते भरतपुरको चौबीसकोठीबाट सुरु हुने साइकल र्याली धर्मचोक, लंकूहुँदै शिवघाटसम्म पुग्ने बताइएको छ । उनले फोहोरमैला व्यवस्थापनमा काम गर्ने व्यक्तिको सम्मानका लागि हाम्रो साइकल यात्रा नाम दिएर आयोजना गरिएको बताए ।
समाजलाई सधैँ सफा राख्ने सफाइकर्मीहरुको सम्मान स्वरुप सन् २०१० देखि क्रिएसन नेपालले काठमाडौँमा आयोजना गर्दै आएको कार्यक्रम यसवर्षदेखि चितवनमा समेत गर्न लागिएको उनको भनाइ थियो । सन् २०१८ देखि आफूहरुले प्लाष्टिकजन्य फोहोरहरुको प्रशोधन गरेर पुनः प्रयोग गर्दै आइरहेको उनले भने ।
संस्थाकी कार्यक्रम प्रबन्धक प्रतीक्षा क्षेष्ठले साइकल र्यालीमा १५० भन्दा बढीको सहभागिता रहने बताइन् । रिसाइकलर नेपालले भरतपुरसहित काठमाडौँ तथा पूर्वी नेपालका सहरहरुमा फालिएको फोहोर संकलन गरेर पुनः प्रशोधनको काम गर्दै आएको उनले बताइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -