२०८२ माघ ४, आईतवार
January 18, 2026
२०८२ माघ ४, आईतवार
January 18, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कोरोना खोपको दोस्रो मात्रा बैशाख ७ गतेदेखि

प्रकाशित मिति : २०७७ चैत्र ४ गते
- ADVERTISEMENT -

काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ १४ देखि फागुन १० गतेसम्म कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा लिएका व्यक्तिलाई वैशाख ७ गतेदेखि १४ गतेसम्म दोस्रो मात्राको खोप दिने भएको छ ।
स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस) को बैठकले पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा तीन महिना पछि दिने निर्णय गरेको हो।
बैठकले दोस्रो प्राथमिकतामा परेका ५५ वर्षदेखि ६४ वर्षसम्मका व्यक्तिहरुलाई पहिलो मात्रा दिनका लागि पछि सूचना जारी गर्ने जनाएको छ । पहिलो प्राथमिकतामा ४ लाख ४९ हजार ८८० जना व्यक्तिले खोप लगाएका थिए।
हालसम्म खोप लगाउनेको जम्मा संख्या १६ लाख ५ हजार ७०६ जनाले खोप लगाइसकेका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -