काठमाडौं / पछिल्लो थपसहित देशभर १ करोड ६२ लाख ४३ हजार मतदाता संख्या पुगेको छ । निर्वाचन आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार पछिल्लो संकलित नामावली अद्यावधिकपछि १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता पुगेका छन् । नयाँ संख्या थपपछि मतदानस्थल १० हजार ६ सय ६० कायम हुने भएको छ ।
यसअघि, २०७४ सालमा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कुल मतदाता संख्या १ करोड ५४ लाख थिए । यो संख्या आधार मान्दा तीन वर्षमा ८ लाख ४३ हजार नयाँ मतदाता थपिएका हुन् । सरकारले गत ५ पुसमा प्रतिनिधि सभा विघटन निर्णय गरेर वैशाखका लागि नयाँ निर्वाचन मिति तोकेपछि आयोगले गत ६ पुसबाट नामावली संकलन रोक्नुका साथै संकलित नामावली अद्यावधिक गरेको थियो ।
तर, सरकारले तोकेको निर्वाचन भने संसद् पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलासँगै स्थगित भइसकेको छ । आयोगले निकालेको नयाँ नामावली सूचीअनुसार सबैभन्दा धेरै मतदाता मोरङमा ६ लाख ६९ हजार ४ सय ९० र त्यसपछि काठमाडौंमा ६ लाख १३ हजार ४ सय ९७ छन् ।
त्यस्तै, सबैभन्दा कम मनाङमा ५ हजार ९ सय ७६ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

८ लाख ४३ हजार मतदाता थप : आयोग

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.48
155.08

European Euro
1
173.05
173.72

UK Pound Sterling
1
204.42
205.21

Swiss Franc
1
186.06
186.79

Australian Dollar
1
107.90
108.32

Canadian Dollar
1
108.35
108.77

Singapore Dollar
1
120.62
121.09

Japanese Yen
10
9.76
9.79

Chinese Yuan
1
23.08
23.17

Saudi Arabian Riyal
1
41.12
41.28

Qatari Riyal
1
42.42
42.58

Thai Baht
1
4.61
4.63

UAE Dirham
1
42.06
42.22

Malaysian Ringgit
1
37.82
37.96

South Korean Won
100
11.52
11.57

Swedish Kroner
1
15.45
15.51

Danish Kroner
1
23.15
23.24

Hong Kong Dollar
1
19.68
19.76

Kuwaity Dinar
1
501.31
503.26

Bahrain Dinar
1
409.06
410.64

Omani Rial
1
401.24
402.80














