April 29, 2025

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

March 18, 2021
- ADVERTISEMENT -

धनगढी / कञ्चनपुरमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका–७ विजयटोलका ४५ वर्षीय मान सिंह दमाई रहेका छन् ।
उनले चैत २ गते (सोमबार) साँझ मादक पदार्थ सेवन गरेर ४४ वर्षीय श्रीमती पान्सरी दमाईमाथि कुटपिट गरेका थिए।
श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी पान्सरीको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
अदालतबाट ५ दिनको म्यथप गरी पक्राउ परेमा दमाईमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

- ADVERTISEMENT -