काठमाडौं / कीर्ते कागजात पेस गरी ठेक्का हात पारेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
भ्याली कन्स्ट्रक्सन प्रालिका सञ्चालकसमेत रहेका ४१ वर्षीय रविन्द्र महर्जनलाई कीर्ते कागजात पेस गरी ठेक्का हात पारेको अभियोगमा पक्राउ गरेको हो ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले बुधबार काठमाडौंबाट पक्राउ गरेको हो ।
उनले बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा समितिको लेटर प्याड कीर्ते गरेको प्रहरीले जनाएको छ ।
निर्माण नै सुरु नगरेको बहुतल्ले अस्पताल भवनलाई ४३ करोड ३७ लाख ५५ हजार ९ सय रुपैयाँमा निर्माण सम्पन्न गरी संस्थालाई हस्तान्तरण गरेको भनी कम्पनीले प्रमाणित गरेको नक्कली कागजात महर्जनले पेस गरेका थिए ।
पक्राउ परेका महर्जनमाथि लिखतसम्बन्धी कसूरको मुद्दा चलाइने सीआईबीले जनाएको छ ।
कीर्ते गरी ठेक्का लिएको आरोपमा महर्जन पक्राउ
March 18, 2021
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -