January 15, 2025
- ADVERTISEMENT -

८ महिनामा दुर्घटनाबाट ४४ जनाको मृत्यु

March 18, 2021

मकवानपुर / मकवानपुरमा चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा सवारी दुर्घटनामा परी ४४ जनाको मृत्यु भएको छ । जिल्लामा चालु आवको साउन महिनादेखि फागुनसम्ममा भएको १ सय ७४ वटा सवारी दुर्घटनामा परी ४४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा भएका सवारी दुर्घटनामा परी मृत्यु हुने कुल ४४ जनामध्ये ३७ जना पुरुष, ३ जना महिला र ४ जना बालक रहेका छन् ।
सवारी दुर्घटनामा परी सबै भन्दा धेरै असोज महिनामा मृत्यु भएको छ । असोजमा ३५ वटा सवारी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको हो ।
यसैगरी, जिल्लामा साउन महिनामा ७, कात्तिकमा ३, मंसिरमा ४, पुसमा ३, माघमा ५ र फागुनमा ९ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
भदौ महिनामा भने सवारी दुर्घटनामा परी कुनै पनि व्यक्तिको मृत्यु नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -