२०८२ माघ ४, आईतवार
January 18, 2026
२०८२ माघ ४, आईतवार
January 18, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोल्डकप फाइनल आज : घरेलु टिम हेटौंडा र त्रिभुवन आर्मी भिड्दै

प्रकाशित मिति : २०७७ चैत्र ७ गते
- ADVERTISEMENT -

मकवानपुर / हेटौँडामा जारी स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय गोल्डकपको आज शनिबार फाइनल खेल हुँदैछ । उक्त फाइनलमा जिल्ला फुटबल संघ मकवानपुरको घरेलु टिम रिगल हेटौंँडा रिसोर्ट मकवानपुर–११ र विभागीय त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
आयोजकका अनुसार प्रतियोगिताको विजेता र उपविजेतालाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ । शुक्रबार प्रतियोगिता आयोजनास्थल हेटौँडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा आयोजित फाइनल खेलको प्रिम्याच कम्फ्रेन्समा आयोजक समितिका संयोजक प्रताप विष्टले सो कुराको जानकारी दिएका हुन् ।
प्रतियोगितामा घरेलु टोली फाइनलमा पुगे पनि मकवानपुरका दर्शकले खेलका आधारमा जुनसुकै टिमलाई समर्थन गर्ने उल्लेख गर्नुहुँदै मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले दुबै टिमलाई शुभकामना व्यक्त गरे ।
त्यस्तै, प्रिम्याच कन्फ्रेन्समा आयोजक टिम मकवानपुर–११ का प्रशिक्षक विजयलाल श्रेष्ठले आफ्नो टिम जित्नका लागि खेल्ने बताए । मकवानपुर–११ का व्यवस्थापक युवराज लामाले सेमीफाइनलमा लिग विजेता टोलीलाई हराएको उत्साहले टिममा उर्जा थपिएको बताए ।
यसैगरी, त्रिभुवन आर्मी फुटबल क्लबका व्यवस्थापन चुनबहादुर थापाले प्रतियोगिताको तयारीमा रहेको टिमका लागि विदेशी टोलीसहित राष्ट्रिय टिमका सदस्य रहेको मकवानपुर–११ सँगको फाइनल खेल महत्वपूर्ण हुने बताए ।
उक्त प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद १० लाख रुपैयाँ र ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै उत्कृष्ट खेलाडीले रोयल इनफिल्ड वाइक प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीले नगद जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -