चितवन / नेपाली काङ्ग्रेसका सभापति एबं पूर्ब प्रधानमन्त्री शेरवहादुर देउवाले अहिले काङ्ग्रेस प्रधानमन्त्री पदका लागि भन्दा पनि पार्टी वनाउन लाग्नुपर्ने समय आएको बताउनु भएको छ । नेपाली काङ्ग्रेस तरुण बिभागले शनिबार रत्ननगरमा आयोजना गरेको युवा तरुण जागरण भेलालाई सम्बोधन गर्दै उहाँले अहिले प्रधानमन्त्री वन्नुभन्दा काङ्ग्रेसलाई निर्वाचनमा पहिलो पार्टी वनाउने समय आएको बताउनुभयो ।
उहाँले भन्नुभयो “प्रधानमन्त्री वन्नुभन्दा पार्टी वनाउन लाग्नु पर्छ । टाउकोमा जिम्मेवारी आयो भने पछि पर्ने वाला पनि छैन ।” अहिले नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार रहेको भन्दै उहाँले माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता नलिएको बताउनु भयो । उहाँले भन्नुभयो “मधेशबादी दल, माओवादी केन्द्र र नेकपा एमालेका ओली र नेपाल कसरी अगाढी वढ्छन् । त्यो हेर्नु पर्छ ।”
उहाँले निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । आपसी मतभेदको अन्त्य गर्दै निर्वाचनको तयारी गर्न उहाँले आग्रह गनुभयो । स्थानीय तह देखि संघिय निर्वाचन सम्म हुने भएकाले सबैलाई व्यवस्थापन गर्न सकीने भन्दै उहाँले जनताको घर दैलोमा गएर निर्वाचनका लागि तयारी गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “जनता मालिक हुन । नोकर होइनन् । भाषण गरेर मत दिदैनन् । जनताको सुख दुखमा साथ दिनुस् । निर्वाचन जितिन्छ ।”
काङ्ग्रेस भित्रको आन्तरिक बिबाद टुङ्गाएर अघि वढ्ने समय आएको उहाँको भनाई थियो । कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले काङ्ग्रेस सर्त सहित सरकारमा नजाने बताउनुभयो । उहाँले भन्नुभयो “काङ्ग्रेस सरकारमा जान्छ । तर हातखुट्टा बाँधेर सरकारमा जाँदैन ।” बिना सर्त लोकतान्त्रीक विकल्पमा दलहरु आउँने भए मात्र काङ्ग्रेसले सरकारको नेतृत्व गर्ने बताउनुभयो । उहाँले थप्नुभयो “काङ्ग्रेसले सेवा सर्त पुरा गरेर सरकारको नेतृत्वमा जाँदैन ।” अहिलेको समयमा कङ्ग्रेस आँफै जुटेर वलियो वन्नु पर्ने उहाँको भनाई थियो ।
सो अबसरमा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एबं पूर्ब मन्त्रीहरु एनपि साउत, शंकर भण्डारी, देवेन्द्र कडेंलले काङ्ग्रेसलाई जनताले दिएको जिम्मेवारी पुरा गर्दै अघि वढ्नु पर्ने बताउनुभयो । अहिले देश शंकटमा जान लागेको भन्दै उहाँहरुले देशलाई सहि बाटोमा हिडाउने कर्तव्य पनि काङ्ग्रेसको रहेको बताउनु भयो । राष्ट्रियता, अखण्डता, प्रजातन्त्रलाई आघात नहुने गरि लोकतन्त्रको रक्षा गर्दै अघि वढ्नु पर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, महिला संघ केन्द्रिय सदस्य उमा रेग्मी, नेपाल बिद्यार्थी संघका पूर्ब केन्द्रीय अध्यक्ष नयनसिंह महर, तरुणदल बागमती प्रदेशका अध्यक्ष पदमनारायण तिमिल्सीना, तरुण युवा परिचालन समितिका हेमन्त पाख्रिन लगाएतले बोल्नु भएको थियो । सो अबसरमा शहिद परिवारहरुलाई सम्मान गरिएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

प्रधानमन्त्री बन्नुभन्दा पनि पार्टी बनाउन लाग्नु पर्ने देउवाको सुझाव
March 21, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
