२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

हात्तीको आक्रमणबाट एकको मृत्यु, तीन घरमा क्षति

प्रकाशित मिति : २०७७ चैत्र ८ गते
file photo google.
- ADVERTISEMENT -

चितवन / जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । भरतपुर १३ उज्वलनगर बस्ने वर्ष ५० की तिलमांया भुजेलको आइतबार हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार भुजेल भाइको घरमा गएकी बखत हात्तीले आक्रमण गरेको हो । हात्तीले बिहान अन्दाजी ४ बजेको समयमा एक्कासी वस्ती प्रवेश गरेर ३ वटा कच्ची घर भत्काउनुका साथै ६ बोरा धानमा समेत क्षति पुर्याएको उनले बताए ।
उनले भरतपुर १३ गंगानगर बस्ने बर्ष ४५ को जीवन तामाङको घर पूर्ण रुपमा क्षति, सोही वडाकै वर्ष ४६ को कृष्ण भुजेलको घर आंशिक क्षति भएको र वर्ष ३९ को बले गोठको घर आंशिक क्षति भएको बताए ।

- ADVERTISEMENT -