२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

चितवनमा नक्कली नोट कारोवार गर्ने ४ जना पक्राउ

प्रकाशित मिति : २०७७ चैत्र ९ गते
- ADVERTISEMENT -

चितवन / नक्कली नोट कारोवार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नं. १ बसपार्कबाट दुई जना र अनुसन्धानबाट अर्का दुईजना पक्राउ गरिएको सोमबार प्रेस सम्मेलन मार्फत जिल्ला प्रहरी कार्यालय चितवनका एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।
एसपी अधिकारीका अनुसार पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका वडा नं. ८ बस्ने वर्ष २९ का देवेन्द्र राई र सोही ठाउँका वर्ष १९ का पवन राईलाई पक्राउ गरिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट अर्का दुई जना सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. १३ बस्ने वर्ष २८ का विश्वराम राई र सोही ठाउँ बस्ने वर्ष २४ का राजाराम दनुवार संलग्नता रहेको खुलेको बताइएको छ ।
प्रहरीले उनीहरुबाट नक्कली नोट रु. एक हजार को ७८ थान, नक्कली नोट छाप्न प्रयोग गरिएको ए–फोर साइजको फोटोकपी पेपर २४ पाना, ल्यापटप २ थान, कार्डरिडर १ थान, प्रिन्टर (फोटोकपी मेशिन) २ थान, हार्डडिक्स १ थान बरामद गरेको छ ।
पक्राउ परेको उनीहरुलाई संगठित अपराध निवारण ऐन २०७०, प्रचलित कानून अनुसार पाँचदेखि १० वर्षसम्म कैद र पचास हजारदेखि १ लाखसम्म जरिवाना हुने एसपी अधिकारीले बताए ।

- ADVERTISEMENT -