चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले छिमेकी देशहरुमा फेरी कोरोना संक्रमण (कोभिड–१९) बढ्न थालेपछि उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै उच्च सतर्कता अपनाउन सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीद्वारा आग्रह गरिएको हो ।
प्रशासनले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठी जस्ता कार्यक्रम नगर्न, मेला महोत्सव, सेमिनार नगर्न र छिमेकी देशहरुबाट आवातजावत गर्ने चितवन देशकै केन्द्र र सीमा नजिक रहेकोले सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ । जोखिम बढेपछि रोजगारीका लागि भारत गएका नेपालीहरु पनि घर फर्किन सुरु गरेको बताइएको छ ।
विज्ञप्तिमा भौतिक दुरी कायम गर्न तथा मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्न भनिएको छ । साथै कोरोनाको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले यस वर्षको फागु पुर्णिमा घरमै बसी परिवारसँग मनाउन समेत अनुरोध गरिएको छ । जोखिम बढेसंँगै लकडाउनको सम्भावना उत्तिकै हुने सरोकारवालाले बताउंँदै आएका छन् ।
छिमेकी देशहरुमा बढ्यो कोरोना, होली घरमै मनाउन प्रशासनको आग्रह

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
