हेटौंडा / जिल्ला प्रशासन कार्यालय मकवानपुरले भेला सम्मेलन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । विगत केही हप्तादेखि कोरोना संक्रमण (कोभिड–१९) विश्वभर बढेसँगै प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको हो ।
विशेषगरी छिमेकी देशहरुमा कोरोना संक्रमण बढ्दै गएपछि सभा, भेला, सम्मेलन, जुलुस, र्याली, जमघट लगायत भिडभाड हुने कार्य नगर्न सोमबार सूचना अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भौतिक दुरी कायम गर्न, मास्कको अनिवार्य प्रयोग, साबुन पानीले हात धुने, सेनिटाइजर प्रयोगलगायतका जनस्वास्थ्य सम्बन्धी आपदण्ड पालना गर्न आग्रह गरिएको छ ।
नेपालमा समेत संक्रमण बढ्न सक्ने जोखिम देखिएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै विज्ञप्ति जारी सुरक्षा सम्बन्धी मापदण्ड, विभिन्न भेला, सेमिनार तथा भिडभाडहुने कुनै पनि गतिविधि नगर्न अनुरोध गरिएको छ ।
- ADVERTISEMENT -