चितवन / नारायणगढ मुग्लिन सडकखण्डमा सवारी दुर्घटना हुंँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन । मृत्यु हुनेमा तनहुंँ जिल्ला स्याम्घा नगरपालिका वडा नम्बर ४ का धर्मराज गौली र कास्की जिल्ला लेखनाथ नगरपालिकाका रामकृष्ण भुजेल रहेका छन । यस्तै घाईते हुनेहरुमा लमजुंग जिल्ल मध्यनेपाल नगरपालिका वडा नम्बर ७ का कार चालक पदम सापकोटा, स्याङ्गजा जिल्ला विरुवा गाउंँपालिका वडा नम्बर ३ का प्रसाद थापा र तनहुंँ जिल्ला व्यास नगरपालिका वडा नम्बर६ का जसमान परियार रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज अपरान्ह ४ बजेर २५ मिनेटमा भरतपुर.महानगरपालिका वडा नम्बर २९ मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत दासढुङगामा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ७३७१नम्बरको आईचर ट्रक र बिपरित दिसाबाट आई रहेको बा २१ च ६८५९ नम्बरको कार एक आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।
कारमा सवार चालक सहित ५ जना घाईते भई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर तर्फ ल्याउदै गर्दा २ जनाको बाटोमा नै मृत्यु भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । यसमध्ये सापकोटा र थापाको अवस्था गम्भिर रहेको छ भने परियारको अवस्था मध्यम रहेको छ । घाईते सबैकोे पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको थापाले बताए । ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नारायणगढ मुग्लिन सडकखण्डमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु
March 25, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
