काठमाडौँ / छिमेकी राष्ट्र भारतका सीमावर्ती भागहरूमा कोरोना संक्रमण तीव्र भएको छ। यसको असर नेपालमा पनि साताभित्रै देखिन सक्छ। केही दिनयता मुलुकभित्र संक्रमितको संख्या पनि बढ्दो देखिएको छ।
स्वास्थ्य मन्त्रालयले बुधबार आमजनतालाई सतर्क रहन आग्रह गरेको छ। मन्त्रालयले संक्रमण दर उच्च हुँदै गए लकडाउनसम्म हुन सक्ने संकेत गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले संक्रमण दर उच्च भएमा लकडाउनसमेत हुन सक्ने भन्दै आमजनतालाई सतर्क हुन आग्रह गरेका छन्। ‘संक्रमण दर उच्च भए त्यसको चेन बे्रक गर्न लकडाउन पनि गर्नुपर्ने अवस्था आउन सक्छ।
अन्य अवस्थामा जनस्वास्थ्य मापदण्ड अपनाएर नियमित काम जारी राख्नुपर्छ’, उनले भने। उनले होली पर्व पनि सामाजिक दूरी कायम गरी मनाउन आग्रह गरे। भारतमा संक्रमण बढेका कारण नेपालले सतर्कता अपनाएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताए।
‘भारतबाट आउने केहीमा पोजेटिभ पनि देखिएको छ, सीमानाकामै जाँच गरेर हामीले नियन्त्रणको प्रयास गरिरहेका छौं’, उनले भने। भारतमा संक्रमण बढ्दा नेपालमा पनि बढेको अनुभव छ। ‘भारतमा कोरोना संक्रमित बढ्दा नेपालमा पनि बढेको विगतको अनुभव छ। त्यसैले अहिले पनि थप सचेत हुनुपर्छ ।
भारतमा संक्रमण र मृत्युदर दुवै बढ्दै गएको छ,’ सरुवा रोग विशेषज्ञ डा. अर्चना श्रेष्ठले भनिन्। नेपालको सीमावर्ती भारतका पश्चिम बंगाल, उत्तर प्रदेश र बिहार राज्यमा कोरोना संक्रमण दर बढेकाले पनि नेपाल उच्च जोखिममा रहेको उनले बताइन् ।
यसअघि कोरोना महामारीले विश्वभरि वृद्ध तथा दीर्घरोगीलाई विशेष असर गरेकाले यो समूहलाई सजग रहन मन्त्रालयले आग्रह गरेको छ। सबैले पूर्ण खोप नलिएसम्म कोरोना संक्रमणको जोखिम रहन्छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

‘संक्रमण दर उच्च भए लकडाउन’ – डा. अधिकारी
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.98
154.58

European Euro
1
173.17
173.84

UK Pound Sterling
1
203.95
204.75

Swiss Franc
1
185.24
185.96

Australian Dollar
1
107.32
107.74

Canadian Dollar
1
107.91
108.33

Singapore Dollar
1
120.44
120.91

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.97
23.06

Saudi Arabian Riyal
1
41.02
41.18

Qatari Riyal
1
42.24
42.41

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.93
42.09

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
11.50
11.55

Swedish Kroner
1
15.39
15.45

Danish Kroner
1
23.17
23.26

Hong Kong Dollar
1
19.62
19.70

Kuwaity Dinar
1
499.69
501.64

Bahrain Dinar
1
408.41
410.00

Omani Rial
1
399.95
401.51














