February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आगलागी हुँदा १२ लाख २० हजार बराबरको क्षति

March 25, 2021
file photo

मकवानपुर / मकवानपुरको भीमफेदी–२ भैसेस्थित सिलिण्डर ग्यास पड्किँदा दुई घर जलेर नष्ट भएको छ । बिहिबार दिउँसो भीमफेदी गाउँपालिकाको भैसेस्थित एक घरमा अँगेनामा खाजा बनाउने क्रममा सिलिण्डर ग्यास पड्किएर आगलागी हुँदा दुई घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, बिहिबार दिउँसो १ हजोर ४५ मिनेटको समयमा भैंसेस्थित इन्द्रबहादुर सिजाँलीको घरको भान्साकोठामा खाजा बनाउने क्रममा एक्कासी हावाहुरी चलेर ग्यास पड्किँदा दुई घर जलेर नष्ट भएको छ । ग्यास पड्किएर आगलागी हुँदा इन्द्रबहादुर सिजाँली र छिमेकी अमरबहादुर राना मगरको घर नजेर नष्ट भएको हो । साथै आगलागीबाट ५ वटा गोठ जलेको छ भने ८ वटा खशीबाख्रा जलेर नष्ट भएको छ ।
आगलागीबाट सिजांलीको घरमा भएको अन्नपात, लत्ताकपडा, गोठ नष्ट हुँदा ५ लाख र रानाको घरमा भएको अन्नपात, लत्ताकपडा, गोठ नष्ट हुँदा ७ लाख गरी अन्य छिमेकीहरुको गोठसहित अन्दाजी १३ लाख २० हजार बराबरको क्षती भएको मकवानपुर प्रहरीले जनाएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।

- ADVERTISEMENT -