June 13, 2024

विश्वकप छनोटमा इटालीको जित, स्पेन र ग्रिसको बराबरी

March 26, 2021
photo : google.

काठमाडौं / इटालीले विश्वकपअन्तर्गत युरोपियन छनोटमा जित निकालेको छ। बिहीबार राति भएको खेलमा इटालीले उत्तरी आयरल्यान्डलाई २–० गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम इटालीले पहिलो हाफमा नै दुबै गोल गरेको थियो। इटालीका लागि डोमेनिको बेरार्डी र सिरो इम्मोबिलले गोल गरे। खेलको १४ औं मिनेटमा नै डोमेनिको बेरार्डीले गोल गर्दै इटालीलाई अग्रता दिलाए। ३८ औं मिनेटमा इम्मोबिलले गोल गर्दै इटालीलाई २–० गोलको जित दिलाए।
त्यस्तै, बिहीबार राति नै भएको खेलमा स्पेन भने ग्रिससँग १–१ गोलको बराबरीमा रोकिएको छ। पहिलो हाफमा नै बनाएको अग्रतालाई जोगाउन नसक्दा स्पेन बराबरीमा रोकिएको हो।
खेलको ३३ औं मिनेटमा अल्भारो मोरटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाए। तर ५६ औं मिनेटमा ग्रिसले पेनाल्टीबाट गोल गर्दै १–१ गोलको बराबरी खेलेको हो।
त्यस्तै, अन्य खेलमा स्वीट्जरल्यान्डले बुल्गेरियालाई ३–१ ले, डेनमार्कले इज्रायललाई २–० ले, स्वीडेनले जर्जियालाई १–० ले र अल्बानियाले एन्डोरालाई १–० ले पराजित गरेका छन्। -नेपाल लाइभबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -