February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राप्रपा मकवानपुरको जिल्ला अधिवेशन अध्यक्ष थापाद्वारा उद्घाटन

March 26, 2021

मकवानपुर / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको ३१ औं अधिवेशनको आज उद्घाटन भएको छ ।
भोलिसम्म संचालन हुने उक्त अधिवेशनको शुक्रबार राप्रपाका केन्द्रिय अध्यक्ष कमल थापाले उद्घाटन गरेका हुन् ।
हेटौँडाको रोयल पार्टी प्यालेसमा संचालन भएको कार्यक्रममा राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङ र बिक्रम पाण्डे, राप्रपाका केन्द्रीय सदस्यहरु क्रमशः गणेश थापा, मधु अधिकारी, दिपक सिंह, राजाराम बर्तौला तथा राप्रपा मकवानपुरका कार्यबाहक अध्यक्ष शिवराम थापा र राप्रपा क्षेत्र नम्बर १ (ख) को क्षेत्रिय अध्यक्ष सिताराम बर्तौलाले मनतव्य व्यक्त गरेका थिए ।
त्यस्तै, कार्यक्रममा नेपाली काँंगेसका प्रतिनिधि प्रदिप कोइराला र नेकपा एमालेमा प्रतिनिध अणुराज जर्गा मगरले पनि मनतव्य व्यक्त गरेका थिए ।
अध्यक्ष थापाले उक्त अवसरमा जिल्लाबाट आएका विभिन्न राजनीति दल परित्याग गरी आएका युवायुवतीहरुलाई स्वागत गर्दै पार्टीको सदस्यता प्रदान गरेका थिए ।
राप्रपाको जिल्ला अधिवेशनले पार्टीको अध्यक्षसहित २१ सदस्यीय जिल्ला कार्य समितिको निर्वाचन चैत्र १४ गते अपराह्नसम्म सम्पन्न गर्ने लक्ष्य रहेको राप्रपाका केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

- ADVERTISEMENT -