चितवन / अफ्रिकन रुटस् सेमी फाइनलमा प्रवेश गरेको छ । अभिषेक चर्च रजहरलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको निर्णय ट्राइबेकरबाट गरिएको थियो ।
प्रतियोगिताको पहिलो र दोश्रो हाफमा दुबै पक्षबाट कुनै गोल नभएपछि खेल ट्राइबेकरमा पुगेको थियो । क्याम्पाचौरमा जारी सेन्ट्रल कलेज स्व. विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको आजको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक भएको थियो ।
दर्शकहरुले अभिषेक चर्च रजहरको सपोर्टमा सिटी र हुटिङ जारी राखे पनि अन्ततः अफ्रिकन रुटस्ले बाजी मार्न सफल भयो । अभिषेक चर्चको खेल निकै राम्रो भए पनि बाजी भने आफ्नो पोल्टामा पार्न सफल भएन ।
प्रतियोगिताको म्यान अफ दी म्याच अफ्रिकन रुट्सका गोलकिपर दा–स्याभीयो भए । उनलाई पाँच हजार राशीको पुरस्कार दिइएको थियो ।
भोलि आइतबारको सेमी फाइनल खेल विभागीय टिम त्रिभुवन आर्मी क्लब विरुद्ध सुनौलो संगम युवा क्लब हुनेछ । सेमी फाइनल खेल भएकाले दर्शकहरुको उल्लेख्य सहभागीता हुने अनुमान आयोजकले गरेका छन् ।
- ADVERTISEMENT -

अफ्रिकन रुटस् सेमी फाइनलमा, भोलि आर्मी क्लब विरुद्ध सुनौलो संगम भिड्ने
March 27, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
