June 24, 2024

त्रिभुवन आर्मीको सहज जित, भोलि लेखनाथ र बागमती भिड्ने

March 28, 2021

चितवन / क्याम्पाचौरमा जारी सेन्ट्रल कलेज स्व. विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । आर्मीले सहजै सुनौलो संगम युवा क्लबलाई आइतबार ५–० भारी गोलअन्तरले पराजित गरेको हो ।
प्रतियोगिताको पहिलो हाफमा त्रिभुवन आर्मीका जर्सी नं. ९ का सन्तोष केसीले १०औं मिनेटमा पहिलो गोल गरी क्लबलाई अग्रता दिलाएका थिए । सोही क्लबकै जर्सी नं. १७ का सुशान्त चौधरीले दोश्रो गोल गरी अझ सुरक्षित बनाउन सफल भएका थिए । त्यस्तै आर्मीकै जर्सी नं. ११ राजेश पौडेलले तेस्रो गोल गरी जित सुनिश्चित गराएका थिए ।
प्रतियोगिताको पहिलो हाफमा रेफ्रीले आर्मीका लागि पेनाल्टीको अवसर दिएपछि सुनौलो संगम क्लबका खेलाडीहरु बीच विवाद चर्किएको थियो भने केही समय खेल स्थगित समेत हुने पुगेको थियो । रेफ्रीले सुनौलो संगमतर्फका एक खेलाडीलाई रातो कार्ड समेत दिनु परेको थियो ।
त्यस्तैगरी दोश्रो हाफमा आर्मीकै सन्तोष केसी र सुशान्तले पुनः एक÷एक गोल गरी जितलाई पूर्णता नै दिएका थिए । खेलमा सन्तोष र सुशान्तले दुई÷दुई गोल गरेका थिए । भोलि सोमबारको खेल लेखनाथ युनाइटेड कास्की विरुद्ध बागमती युवा क्लब सर्लाही बीच हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -