काठमाडौँ । भौगोलिक हिसाबले नजिक र नेपालीभाषीको समेत बसोबास रहेको म्यानमारमा सेनाले नागरिकमाथि बर्बर दमन र हत्या शृंखला दोहोर्याइरहँदा नेपालले भने आश्चर्यजनक मौनता साँधिरहेको छ। गत फरवरी १ मा निर्वाचनमा धाँधली भएको दाबी गर्दै त्यहाँको सेनाले प्रजातन्त्रवादी नेत्री आङ साङ सुकी र जननिर्वाचित प्रतिनिधिहरूलाई नियन्त्रणमा लिँदै सत्ता हातमा लिएको विरोधमा नागरिकहरूले गर्दै आएको प्रदर्शनमा सेनाले बर्बर दमन गर्दै आएको छ।
शनिबार त्यहाँको सेनाले ‘नेसनल आम्र्ड फोर्सेज डे’ मनाइरहेका बेला प्रदर्शनकारीले सैनिक कुको विरोध गर्दा हालसम्मकै ठूलो संख्यामा प्रदर्शनकारीले ज्यान गुमाएका छन्। सेनाको गोली प्रहारबाट त्यसदिन मात्रै झन्डै एक सय प्रदर्शनकारीले ज्यान गुमाएका छन् भने घाइते हुने र गिरफ्तारमा पर्नेको संख्याको लेखाजोखै छैन। मृत्यु हुनेमा बालबालिकासमेत छन्। सेनाले सत्ता हातमा लिएपछि भएका प्रदर्शनमा सेनाले गोली प्रहार गर्दा अहिलेसम्म मृत्यु हुने प्रदर्शनकारीको संख्या ४ सय नाघेको छ।
शनिबार सेनाको गोली प्रहारबाट सबैभन्दा धेरै नागरिकको ज्यान गुमाइरहँदा सैनिक प्रमुख मिङ आङ लिआङ भने बिनासंकोच आफ्ना जनरलहरूसँग भव्य पार्टी गरिरहेका थिए। म्यानमारमा सेनाले सत्ता हातमा लिएलगत्तै त्यहाँको राजनीतिक घटनाक्रमलाई नजिकबाट हेरिरहेको र छिट्टै प्रजातान्त्रिक व्यवस्था पुनर्बहाली हुने विश्वास व्यक्त गरेको नेपालले औपचारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन।
अनौपचारिक रूपमा भने नेपालले बर्मामा भइरहेको घटनाक्रमलाई गैरप्रजातान्त्रिक गतिविधि भन्दै आइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली मिडियासँगको अन्तर्वार्ताका क्रममा त्यहाँ भइरहेका हिंसात्मक घटनालाई गैरप्रजातान्त्रिक र निन्दनीय भएको बताउने गरेका छन् तर औपचारिक रूपमा भने मुख खोलेका छैनन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

म्यानमारमा सैनिक दमन, नेपाल मौन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.95
152.55

European Euro
1
170.07
170.74

UK Pound Sterling
1
201.57
202.37

Swiss Franc
1
182.30
183.02

Australian Dollar
1
106.52
106.95

Canadian Dollar
1
106.91
107.33

Singapore Dollar
1
118.53
119.00

Japanese Yen
10
9.59
9.63

Chinese Yuan
1
22.70
22.79

Saudi Arabian Riyal
1
40.46
40.62

Qatari Riyal
1
41.68
41.85

Thai Baht
1
4.53
4.54

UAE Dirham
1
41.37
41.54

Malaysian Ringgit
1
37.22
37.37

South Korean Won
100
11.38
11.42

Swedish Kroner
1
15.25
15.31

Danish Kroner
1
22.75
22.84

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
493.10
495.05

Bahrain Dinar
1
402.20
403.79

Omani Rial
1
394.67
396.23











