२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

वायु प्रदुषणका कारण १ सय २४ उडान रद्द

प्रकाशित मिति : २०७७ चैत्र १६ गते
photo : google
- ADVERTISEMENT -

काठमाडौं / शुक्रबारदेखि प्रतिकुल मौसममा कारण १ सय २४ उडान रद्द भएको छ । वायु प्रदुषणका कारण मौसम प्रभावित भई उडान रद्द हुँदा आन्तरिक तथा बाह्य हवाई सेवा प्रभावित भएको हो ।
शुक्रबार, शनिबार र आइतबारसम्म देशभरि नै विकसित भएको वायु प्रदुषणका कारण आन्तरिकतर्फ शुक्रबार २४, शनिबार ५६ र आइतबार बेलुका ६ बजेसम्म ४४ उडान रद्द भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका आन्तरिक तर्मिनल व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुडालले बताए ।
अन्तर्राष्ट्रियमा भने तीन दिनमा ३ उडान प्रभावित भएका छन् । यो समाचार आजको कारोबार दैनिकमा छ ।

- ADVERTISEMENT -