मकवानपुर / मकवानपुरमा दुई छुट्टाछुट्टै दुर्घटनामा चार जना घाइते भएका छन् । गएराति जिल्लाका इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ चित्लाङ भेडाफाम नजिकै भएको दुर्घटनामा दुई जना र कान्तिलोकपथ अन्तर्गत हेटौंडा ७ न्युरेनिमा भएको दुर्घटना दुई जना गरी चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार चित्लाङबाट ढुंगा बोकेर भेडाफमतर्फ आउँदै गरेको बा ५ ख ५२०५ नम्बरको टिपर आफै अनियन्त्रित भई ब्याक हुँदा टिपर चालक सोही गाउँपालिका बस्ने ३० वर्षीय अरुण वाईवा र टिपरका सहचालक थाहानगरपालिका–५ का अन्दाजी १५ वर्षीय जिवन घलान घाइते भएका हुन् । घाइते दुबैलाई थप उपचारका लागि काठमाडौं पठाइएको मकवनपुरका प्रहरी निरीक्षक अभिनाश अधिकारीले जानकारी दिए ।
यस्तै चौघडाबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ग २ च २२८३ नम्बरको बोलेरो जिप आफै अनियन्त्रित भई दुर्घटना हुँदा जिप चालक हेटौँडा–१४ का कुमार बल र सहचालक बाराको निजगढ बस्ने ३१ वर्षीय रामसिंह थिङ घाइते भएका हुन् । उनीहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
- ADVERTISEMENT -
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जना घाइते
March 30, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -