February 12, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जबरजस्ती करणी प्रयास गर्ने शिक्षक पक्राउ

March 30, 2021

गोरखा / बलात्कार प्रयास आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षिया बालिकालाई गोरखा नगरपालिका–७ थर्पु घर भएका ४० वर्षीय भगवान खत्रीले बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
प्रहरीका अनुसार आइतबार बिहान ७ बजे दुध लिन गएकी बालिकालाई एकान्त स्थानमा पारी खत्रीले जबरजस्तीको प्रयास गरेको हो । बालिकालाई सुनसान स्थान खोल्सा पट्टि लगी जबरजस्ती करणी गर्न खोजिएको सूचनाको आधारमा खत्रीलाई पक्राउ गरिएको डिएसपी दाहालले बताए ।
पक्राउ परेका खत्रीलाई जबर्जस्ती करणी उद्योग अन्तर्गत कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

- ADVERTISEMENT -