२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

अफ्रिकन रुट्स सेमी फाइनलमा, खेल अवधिभर दबाब

प्रकाशित मिति : २०७७ चैत्र १७ गते
- ADVERTISEMENT -

चितवन / क्याम्पाचौरमा जारी सेन्ट्रल कलेज स्व. विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगितामा अफ्रिकन रुट्स एशोसियसन क्यामरुन विजयी भएको छ । मंगलबार भएको खेलमा अफ्रिकन रुट्सले हानामी एभरेष्ट क्लबलाई ट्राइबेकरमा ५–४ को गोलअन्तरले पराजित गरेको हो ।
प्रतियोगिताको पहिलो हाफमा हानामी एभरेष्टका जर्सी नं. ८ का सन्तोष केसीले ३ मिनेटमा पहिलो गोल गरी क्लबलाई अग्रता दिलाएका थिए । केसीले बललाई आश्चर्यचकित ढंगबाट पोष्ट चुमाएका थिए भने प्रतियोगिताभरिकै छिटो गोल पनि हो ।
त्यस्तै दोस्रो हाफमा अफ्रिकन रुट्स क्याप्टेन तथा जर्सी नं. १० का मुसाले १७ औं मिनेट गोल गरी बचाउ गर्न सफल भए । खेल अवधिभर एक÷एक गोल मात्र सीमित भएको थियो ।
प्रतियोगिताभर अफ्रिकन रुट्सको तर्फबाट हानामी एभरेष्टलाई एकोहोरो दबाब दिइएको थियो । दबाब दिए अनुसार बलले गोल पोष्ट चुमाउन भने अफ्रिकन रुट्स असफल नै देखिए । पटकपटक मौका पाए पनि कुनै उपलब्धि भने सकेन ।
भोलि बुधबारको खेल विभागी टिम त्रिभुवन आर्मी क्लब र नुवाकोट युनाइटेड क्लब बीच हुने आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -