काठमाडौं / सरकारले भूकम्प प्रतिरोधी घरमा तला तथा कोठा थप गर्न दिने तयारी गरेको छ । भूकम्पपछि पुनर्निर्माण भएका ‘लोड वियरिङ’ घरहरूमा लाभग्राहीले कोठा तथा तला थप्न पाउने गरी कार्यविधिको मस्यौदा तयार भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन)ले तला र कोठा थप गर्न मिल्नेगरी कार्यविधिको मस्यौदा तयार गरे पनि कार्यान्वयनमा भने ल्याएको छैन ।
प्राधिकरणले मस्यौदा तयार भएको र अहिले विभिन्न संघसंस्थासँग मस्यौदाको विषयमा छलफल गर्ने, परामर्श गर्ने काम भइरहेको जनाएको छ । प्राधिकरणका अनुसार अब सरोकारवाला निकाय, विज्ञको सुझाव समेटेर कार्यविधिको आवश्यक संशोधन गरी पारित गरेर कार्यान्वयनमा ल्याइनेछ ।
परिवारका सदस्य थपिएको तथा एकतले घर सानो भएको भन्दै सेवाग्राहीले आफूखुसी तला थप्ने, कोठा थप गर्ने क्रम बढेपछि प्राधिकरणले कार्यविधि नै बनाएर यसको हल गर्ने प्रयास गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)ले भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)को प्राविधिक सहयोगमा कार्यविधि तयार गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भूकम्प प्रतिरोधी घरमा तला र कोठा थप्न दिने तयारी
March 31, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
