२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

हेटौँडामा प्रथम मिसेज तामाङ प्रतियोगिता हुने

प्रकाशित मिति : २०७७ चैत्र १८ गते
Photo : Tukhabar
- ADVERTISEMENT -

मकवानपुर / ओपेरा इन्फोटेन्मेण्ट क्रियशन प्रालिको आयोजनामा हेटौँडामा प्रथम मिसेज तामाङ प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता यही चैत्र २५ गतेदेखि हुने भएको हो ।
मंगलबार हेटौँडमा पत्रकार सम्मेलन गर्दै संचालनक लुङ्बाले प्रथम मिसेज तामाङ प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिएका हुन् ।
चैत्र २५ गतेदेखी प्रतियोगिताको ट्रेनिङ सुरु गरिने र प्रतियोगिताको फाईनल बैशाखको तेस्रो हप्ता हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उपाधि बिजेताले नगद एक लाख प्राप्त गर्नेछन् ।
आयोजकका अनुसार, प्रतियोगितामा २० वर्ष पुरा भई ४५ वर्ष उमेर समूहका तामाङ समुदायका महिलाहरुले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा सहभागि जनाउन प्रवेश शुल्क १५ हजार रुपौँया तोकिएको छ ।
प्रतियोगितामा २० जनाले सहभागिता जनाउने अनुमान गरीएको छ भने प्रतियोगिमा जम्मा ५ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।

- ADVERTISEMENT -