जनकपुरधाम / बारामा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको कोल्हबी नगरपालिका–१ निकासमा दुई वटा मोटरसाइकल एकापसमा ठोकिकएर दुर्घटना हुँदा सोही नगरपालिका–६ अधनवाका १८ वर्षीय विकास चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ना ५४ प ६८५१ नम्बरको मोटरसाइकलमा सवार चालक चौधरीको सवारीलाई ज ७ प ६० ३६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै, सोही दुर्घटनामा परी अन्य एक जना घाइते भएका छन्। दुर्घटनामा मृतक चौधरी सवार मोटरसाइकलको पछाडि बस्ने ४५ वर्षीय रामचन्द्र चौधरी गम्भीर घाइते भएका छन्। उनको पारस अस्पताल कोल्हबीमा उपचार भइरहेको छ।
ठक्कर दिने मोटरसाइकल चालक फरार भएकोले खोजीकार्य भइरहेको ईलाका प्रहरी कार्यालय कोल्हबीले जनाएको छ।
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
