२०८३ भाद्र १, सोमबार
August 17, 2026
२०८३ भाद्र १, सोमबार
August 17, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आर्मी फाइनलमा, भोलि अफ्रिकन रूट्स र बागमती क्लब भिड्ने

प्रकाशित मिति : २०७७ चैत्र १८ गते
Photo : Halkaro

चितवन / क्याम्पाचौरमा जारी सेन्ट्रल कलेज स्व बिजय खड्गी स्मृति गोल्डकप फुटबलको फाइनलमा त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ । बुधबार ट्राइब्रेकरमा नुवाकोट युनाइटेड क्लबलाई हराउदै ३ का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।
खेलको टाइब्रेकरमा नुवाकोटका सजिन थापा मगरको पहिलो प्रहार आकाशियो भने सागर स्याङ्तानको चौथो प्रहार आर्मीका गोल रक्षक महेश्वर श्रेष्ठले रोके । त्यसअघि निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । खेलमा अग्रता भने नुवाकोटले लिएको थियो । खेलको चौथो मिनेटमा नै दिपेश आले मगरले उत्कृष्ट भली गोल गर्दै नुवाकोटलाई अग्रता दिलाए । पहिलो हाफमा नै नुवाकोटले अग्रता दोब्बर बनायो । ३५ औं मिनेटमा प्रयास तामाङले नुवाकोटलाई २–० को अग्रता दिलाए ।
पहिलो हाफमा खराब प्रदर्शन गरेको आर्मी दोस्रो हाफमा भने खेलमा फर्कियो । दोस्रो हाफको दोस्रो मिनेटमा नै आर्मीले अग्रता छोट्यायो । आर्मीका सुशान्त चौधरीले गोल गरे । दोस्रो हाफको २० औं मिनेटमा नुवाकोट १० खेलाडीमा सीमित भयो । नुवाकोटका गोलरक्षक सुदिप गिरीले रातो कार्ड पाए । डि बक्स भित्र आर्मीका रिपु भुलानलाई लडाएपछि रेफ्रीले उनलाई पहिलो कार्ड दिदै आर्मीलाई पेनाल्टी दिएका थिए । तर रेफ्रीसँग विवाद गरेपछि गोलरक्षक गिरीले रातो कार्ड पाए ।
गिरीले रातो कार्ड पाएपछि खेलमा केही बेर विवाद उत्पन्न भएको थियो । नुवाकोटले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउदै केही बेर विवाद गरेको थियो । विवादका कारण खेल १० मिनेट रोकियो । वैकल्पिक गोलरक्षक नहुदा नुवाकोटका स्ट्राइकर सन्दीप राना मगरले गोलपोष्ट सम्हाले । प्राप्त पेनाल्टीमार्फत दोस्रो गोल गर्दै सुशान्तले आर्मीलाई खेलमा फर्काए । १० खेलाडीमा सीमित नुवाकोटले आर्मीलाई निर्धारित समयमा बराबरीमा रोक्यो । खेलको म्यान अफ दि म्याच आर्मीका सुशान्त चौधरी भए ।
उपाधीका लागि आर्मीले बिहीबार हुने दोस्रो सेमिफाइनल खेलको बिजेतासँग खेल्नेछ । बिहीबार अफ्रिकन रूट्स एसोसिएसन (एआरए) र बागमती युवा क्लब सर्लाही फाइनल प्रवेशका लागि भिड्दैछ्न् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.39
152.99
European Euro
1
176.06
176.75
UK Pound Sterling
1
206.11
206.92
Swiss Franc
1
187.40
188.13
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.72
110.15
Singapore Dollar
1
119.13
119.60
Japanese Yen
10
9.58
9.61
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.82
41.98
Thai Baht
1
4.60
4.61
UAE Dirham
1
41.49
41.66
Malaysian Ringgit
1
37.30
37.44
South Korean Won
100
10.79
10.83
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
495.98
497.93
Bahrain Dinar
1
404.21
405.80
Omani Rial
1
395.80
397.36