March 16, 2025
- ADVERTISEMENT -

फ्रान्समा पुनः लकडाउन, दैनिक ४० हजार कोरोना संक्रमित थपिदैँ

April 1, 2021
Photo : google.

एजेन्सी / फ्रान्समा पुनः लकडाउनको घोषणा गरिएको छ । फ्रान्समा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिएपछि पुनः लकडाउनको घोषणा गरिएको हो ।
फ्रान्सका राष्ट्रपति एमान्युल म्याक्रोंले कोरोना भाइरसको संक्रमण फेरि तीव्र रूपमा फैलिन थालेपछि राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै तेस्रो लकडाउनको घोषणा गरिएको हो ।
राष्ट्रपतिको संबोधनमा उल्लेख गरिए अनुसार शनिबारदेखि लागु हुने लकडाउन कम्तिमा एक महिनासम्म रहने छ । साथै देशभरिका विद्यालय पनि तीन साताका लागि बन्द हुने बताइएको छ ।
बिरामीहरू धेरै भएर देशको स्वास्थ्य प्रणालीले नै काम गर्न नसक्ने अवस्था नआओस् भनेर अर्थतन्त्रलाई दाउमा राखेर फेरि लकडाउन घोषणा गरेकोसमेत म्याक्रोंले संवोधनका क्रममा उल्लेख गरेका छन् ।
राजधानी पेरिसलगायत कोरोनाभाइरसको संक्रमण धेरै भएका केही स्थानमा यसअघि नै विभिन्न खालका प्रतिबन्धहरू लगाउँदै आइएको छ ।
फ्रान्समा अहिलेसम्म कोरोनाको संक्रमणबाट १ लाख मानिसको मृत्यु भइसकेको छ । पछिल्लो समय कोरोनाविरूद्धको खोप लगाउन थालिए पनि त्यसको प्रभाव देखिएको छैन ।
पछिल्लो केही दिनयता फ्रान्समा दैनिक औसतमा ४० हजार कोरोना संक्रमित थपिने गरेका छन् ।

- ADVERTISEMENT -