February 11, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सर्वशक्तिको रक्तदानमा ५५ जनाको सहभागिता

April 2, 2021

चितवन / लायन्सचोकस्थित नमस्ते पार्कमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । उक्त रक्तदान कार्यक्रम सर्वशक्ति बचत तथा ऋण सहकारी संस्था लि. ले आयोजना गरेको हो ।
खुल्ला रक्तदान कार्यक्रममा ५५ जना रक्तदाताको सहभागिता रहेको थियो । जसमा १२ महिला सहित ४३ पुरुषले रक्तदान गरेका थिए ।
संस्थाको नवौं वार्षिक साधारण सभाको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम गरिएको व्यवस्थापक डा. जीवन श्रेष्ठले जानकारी दिए । उक्त कार्यक्रम संस्थाका शेयर सदस्य तथा जेष्ठ नागरिक हेमदत्त अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

- ADVERTISEMENT -