चितवन / अफ्रिकन रुट्स एसोसिएसन (एआरए) क्यामरुनले ‘सेन्ट्रल कलेज स्व बिजय खड्गी स्मृति गोल्डकप फुटबल’ को उपाधि जितेको छ । नारायणगढको क्याम्पाचौरमा आज (शनिबार) सम्पन्न फाइनल खेलमा एआरए क्यामरुनले त्रिभुवन आर्मीलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
क्यामरुनको जितमा किउटे, बास्सेक र मौसाले समान एक–एक गोल गरे । आर्मीका सुशान्त चौधरीले एक गोल फर्काए । खेलको पहिलो हाफमा क्यामरुनले आर्मीलाई निकै दबाबमा राखेको थियो । पहिलो हाफको ४० औं मिनेटमा किउटेले गोल गर्दै क्यामरुनलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा क्यामरुनले थप २ गोल ग¥यो । दोस्रो हाफको तेस्रो मिनेटमा नै बास्सेकले क्यामरुनको अग्रता दोब्बर बनाए । दोस्रो हाफको १६ औं मिनेटमा मौसाले गोल गर्दै क्यामरुनलाई ३–१ को अग्रता दिलाए । २८ औं मिनेटमा सुशान्तले आर्मीका लागि एक गोल गरे । पहिलो गोल गरेपछि आर्मीले थप गोलको अवसर सृजना गरे पनि सफल भएन । खेल अवधिभर क्यामरुनले आर्मीलाई खुलेर खेल्न दिएन । खेलको म्यान अफ दि म्याच क्यामरुनका केउटे घोषित भए ।
उपाधिसँगै क्यामरुनले ३ लाख रुपैयाँ प्राप्त गरेको छ । उपबिजेता बनेको आर्मीले १ लाख ५० हजारमा चित्त्त बुझाएको छ । क्यामरुनका मौसा प्रतियोगिताको भरको उत्कृष्ट खेलाडी घोषित भए । उनले २० हजार रुपैयाँ प्राप्त गरे । क्यामरुनकै गुएमो उत्कृष्ट डिफेन्डर, आर्मीका रमेश भुजेल उत्कृष्ट मिडफिल्डर, ५ गोल गरेका आर्मीकै सुशान्त सर्वाधिक गोलकर्ता, नुवाकोट युनाइटेड एफसीका प्रयास तामाङ उदयमान खेलाडी र क्यामरुनका सर्ज बोरिस उत्कृष्ट प्रशिक्षक घोषित भए । उनिहरुले जनही पाँच–पाँच हजार प्राप्त गरे ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न प्रतियोगिताबाट बचेको रकम स्व बिजय खड्गीको छोराको अध्ययनका लागि सहयोग गरिनेछ । एन्फा २०५७ ब्याचका खड्गीको वैदेशिक रोजगारका क्रममा कतारमा ३२ वर्षको उमेरमा निधन भएको थियो । नेपालबाट अण्डर १३ र अण्डर १४ गरी दुई उमेर समूहका खेल खेलेका थिए । उनले चितवनलाई प्रतिनिधित्व गर्दै थुप्रै प्रतियोगिताहरु समेत खेलेका थिए । बिजयको श्रीमती र ३४ महिनाका एक छोरा छन् ।
‘सेन्ट्रल कलेज स्व. बिजय खड्गी स्मृति गोल्डकप’ उपाधि क्यामरुनको पोल्टामा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
