२०८२ जेष्ठ १, बुधबार
May 14, 2025
२०८२ जेष्ठ १, बुधबार
May 14, 2025 Wednesday

नेपालमा पछिल्लो २४ घण्टामा थप १७६ जनामा कोरोना संक्रमण

प्रकाशित मिति : २०७७ चैत्र २२ गते
- ADVERTISEMENT -

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप १७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १७६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ९४४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ११७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार २४० जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ३२ पुगेको छ ।
आज कोरोनाबाट थप व्यक्तिको मृत्यु नभएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ हजार ६७२ रहेको छ ।

- ADVERTISEMENT -