२०८२ असार २४, मंगलवार
July 8, 2025
२०८२ असार २४, मंगलवार
July 8, 2025 Tuesday

तामाङ विद्यार्थी घेदुङ मकवानपुरको अध्यक्षमा छोइसाङ

प्रकाशित मिति : २०७७ चैत्र २२ गते
Photo : Tukhabar

मकवानपुर / नेपाल तामाङ विद्यार्थी घेदुङ मकवानपुरको अध्यक्षमा छोइसाङ लामा चयन भएका छन् । तामाङ विद्यार्थी घेदुङ मकवानपुरको शनिबार हेटौँडामा भएको तेस्रो जिल्ला भेलाबाट अध्यक्षमा लामा चयन भएका हुन् ।
त्यस्तै, उपाध्यक्षमा शंकर लामा र सुनिल मोक्तान, सचिवमा चमेली बोम्जन र कोषाध्यक्षमा कुमार घिसिङ्ग (ब्लाक स्याडो)लगायत २१ सदस्यीय समिति चयन भएका हुन् ।
नेपाल तामाङ विद्यार्थी घेदुङ कोषाध्यक्ष तथा आयोजक कमिटी संयोजक पविना लामाको सभाध्यक्षता रहेको भेलामा बागमती प्रदेशसभा सदस्य ओमबहादुर ग्लानको प्रमुख आतिथ्यता थियो ।
भेलामा हेटौंडा उपमहानगर उपमेयर मीना लामा, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मोक्तान, नेपाल तामाङ घेदुङ बागमती प्रदेश अध्यक्ष लीलाकुमार घलान, नेपाल तामाङ विद्यार्थी घेदुङ केन्द्रीय अध्यक्ष दिनेश लो, हेटौडा उपमहानगर–१२ अध्यक्ष ललित घलान, नेपाल तामाङ बागमती प्रदेश सचिवालय सदस्य सुवास लामा, नेपाल तामाङ घेदुङ मकवानपुर सल्लाहकार शुभरल गोले, नेपाल तामाङ घेदुङ मकवानपुर कार्यवाहक अध्यक्ष काल घलान, नेपाल तामाङ घेदुङ मकवानपुर सचिव आत्मराम। मोक्तान, नेपाल तामाङ विद्यार्थी घेदुङ केन्द्रीय सचिव अष्टमान लोको सहभागिता थियो।
भेलामा जेज्या लामा, नेपाल तामाङ घेदुङ सचिवालय सदस्य अजय तामाङ, नेपाल तामाङ विद्यार्थी घेदुङ बागमती प्रदेश अध्यक्ष अजय दोङ, नेपाल तामाङ घेदुङ मनहरी अध्यक्ष इन्द्रबहादुर भ्लोन, नेपाल सँस्कृत घेदुङ सदस्य सुमित्रा लामा, अनेरास्ववियु मकवानपुर अध्यक्ष अरुण बौला, अखिल क्रान्तिकारी मकवानपुर अध्यक्ष दिनेश सुबेदी, अखिल क्रान्तिकारी जिल्ला नेता संग्राम बल, अखिल क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पस कमिटी अध्यक्ष रामकृष्ण शिवाकोटीलगायतको पनि उपस्थिति थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -