February 6, 2025
- ADVERTISEMENT -

नेपालमा थप २६६ जनामा कोरोना संक्रमण

April 5, 2021

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २६६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ । पछिल्लो २४ घण्टामा १०२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हालसम्म २ लाख ७३ हजार ३४२ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ३६ पुगेको छ । आज कोरोनाबाट थप चार व्यक्तिको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ हजार ८३२ रहेको छ । आज पुष्टि भएका संक्रमितको संख्या र मृत्यु हुनेको संख्या पछिल्ला दिनहरुभन्दा उच्च रहेको मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -