March 15, 2025
- ADVERTISEMENT -

अवैध लागूऔषध गाँजासहित तीन जना पक्राउ

April 5, 2021

पर्सा / पर्सा प्रहरीले अवैध लागूऔषध गाँजासहित मकवानपुरका तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका–७ खर्लिङग बस्ने ४३ वर्षीय जयबहादुर गोले, उनकै श्रीमती ३५ वर्षीया बिष्णुमाया तामाङ र मनहरी गाउँपालिका–८ बस्ने २८ वर्षीया मुईया परियार रहेका छन् ।
उनीहरुलाई वीरगंज महानगरपालिका–२१ परवानीपुरबाट १० किलो गाँजासहित आइतबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाइएको जनाएको छ ।

- ADVERTISEMENT -