चितवन / नेपाल पत्रकार महासंघ चितवनको अध्यक्षमा नारायण प्रसाद अधिकारी निर्वाचित भएका छन। अधिकारीले प्रेस युनियन, प्रेस सेन्टर र माधव नेपाल पक्षिय प्रेस चौतारीको गठबन्धनबाट अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
खसेको २६६ मतमा अधिकारीले १४६ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी तिलक रिमालले ११२ मत प्राप्त गरे । उनि प्रेस चौतारी ओली समूह, मिडिया नेपाल र जनपत्रकार संगठनको गठवन्धनबाट अध्यक्षको उम्मेदवार बनेका थिए । यता स्वतन्त्रपूर्वक अध्यक्षमा उम्मेदवार दिएका सूर्य प्रकाश कडेँलले ४ मत प्राप्त गरे। कार्यसमितिको उपाध्यक्षमा अधिकारी प्यानलका प्रकाश ज्ञवाली १३० मत सहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी रिमाल प्यानलका रामकान्त पौडेलले १२४ मात्र मत गरे ।
त्यस्तै स्वतन्त्र उम्मेदवार विनोद वावु रिजालको ९ मत आएको थियो । उपाध्यक्ष महिलामा अधिकारी प्यानलकी प्रमिता ढकाल १४१ मत सहित विजयी हुँदा उनकि प्रतिस्पर्धी शान्ता अधिकारी बी ले १२२ मत ल्याइन । सचिवमा भने रिमाल प्यानलका दिपेन्द्र अधिकारी निर्वाचित भएका छन । उनले १४२ मत प्राप्त गरी विजयी हुँदा अधिकारी प्यानलका सचिव अनिल ढकालले १२४ मत प्राप्त गरे। समावेशी सहसचिवमा अधिकारी प्यानलका उर्गेन तामाङ १५२ मत सहित विजयी हुँदा पतिस्पर्धी अमिर रामदामको १०१ मत आएको छ ।
सहसचिव खुल्लातर्फ रिमाल प्यानलका आनन्द पोख्रेल विजयी भएका छन । उनले १२३ मत ल्याउँदा अधिकारी प्यानलका टिकादत्त तिमिल्सेनाले ११८ मत प्राप्त गरे।सोहि पदमा स्वतन्त्र उम्मेद्बार राजु सापकोटाले २१ मत प्राप्त गरे। कोषाध्यक्षमा अधिकारी प्यानलका राजेन्द्र आचार्य १०६ मत सहित निर्वाचित भए।
उनका प्रतिस्पर्धी गोविन्द घिमिरेले १०२ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार राजेश घिमिरलाई ५७ मत आएको थियो । महिला सदस्यमा अधिकारी प्यानलबाट शोभा पुडासैनी १५६ मत सहित विजयी हुँदा प्रतिस्पर्धी रविना पौडेलले १०४ मत ल्याउनुभएको छ । त्यस्तै एलिना पोखरेल दलित सदस्यमा १४८ मत सहित विजयी गरिन ।
सर्वाधिक मत १७८ सहित तुलमान गुरुङ सदस्यमा निर्वाचित भए । त्यस्तै विप्लव काफ्ले १६५, बसन्त ढुँगाना १५५, अनिल भट्टराई १४४, सरिता पौडेल १३६, वविलाल तामाङ १३१, विवेक पोखरेल १३० र ज्ञानेन्द्र तामाङ १२८ मत सहित सदस्यमा निर्वाचित भएका छन। सरिता महतो शाह यस अघिनै निर्विरोध निर्वाचित भइसकेकि थिइन।
पत्रकार महासंघ चितवनमा अधिकारीको नेतृत्व
April 8, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
