२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

नयाँ सरकार गठन, देउवाले बोलाए तीन दलको बैठक

प्रकाशित मिति : २०७७ चैत्र २७ गते
- ADVERTISEMENT -

काठमाडौं / नयाँ सरकार गठनका विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् ।
दिउँसो ३ बजे बस्नेगरि सभापति देउवाले आफ्नो निवास बुढानीलकण्ठमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको बैठक बोलाएको हो ।
बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णय अनुसार नयाँ सरकार निर्माण र यसमा माओवादी केन्द्र र जसपाको राय लिने बताइएको छ । देउवाको पछिल्लो कदमले सत्ता समीकरणको चलखेलमा नयाँ दृश्य देखिने संकेत गरेको छ ।
सत्ता समीकरणबारे छलफल गर्न सबै विपक्षीको संयुक्त बैठक हुन लागेको यो पहिलो पटक हो । यसअघि दुई पक्षीय छलफल भए पनि ती छलफल निष्कर्षबिहीन बनेका थिए ।
गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेदेखि नै कांग्रेसको एक समूह ओली सरकारलाई विस्थापित गर्नुपर्ने अडानमा लागेको थियो। त्यतिबेला कांग्रेसले संसद विघटनलाई असंवैधानिक भन्दै सडक आन्दोलन गरे पनि सभापति देउवा भने मध्यावधि चुनाव केन्द्रीत अभिव्यक्ति दिँदै आएका थिए । -इमाउन्टेन टिभीबाट ।

- ADVERTISEMENT -