July 13, 2024

मकवानपुरको सडकखण्ड भोलिदेखि एक महिना बन्द हुने

April 9, 2021

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तरगत पर्ने कुलेखानी–फाखेल सडकखण्ड भोलिदेखि एक महिना बन्द हुने भएको छ ।
उक्त सडकखण्डको पुनः मर्मत गर्नको लागि भोलि चैत्र २८ गतेदेखि बैशाख २८ गतेसम्मका लागि बन्द हुने भएको बागमती प्रदेश, यातायात पूर्वाधार विकास निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका प्रमुख निर्देशक डा. सहदेब भण्डारीका अनुसार, कुलेखानीको हेबीदेखि महालक्ष्मी हुँदै फाखेल र काठमाडौं जिल्लाको सिमानामा पर्ने फर्पिङसम्मको सडकको ढलान, ढल निकास र कालोपत्रे गर्ने कार्यको लागि कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सबै प्रकारको यातायात सेवालाई बन्द गर्न लागेको हो ।
तर, दक्षिणकालिका हुँदै सिस्नेरीतर्फ आउँने सडकखण्डमा भने सवारी यातायात संचालन हुनेछ ।
प्रदेश यातायात पूर्वाधार निर्देशनालय, यातायात व्यवसायी, जिल्ला प्रशासन र भौतिक पूर्वाधार मन्त्रालयका पदाधिकारीहरुको आज बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
काठमाडौंको दक्षिणकालिकादेखि सिस्नेरी र कुलेखानीको हेबीसम्म सडकमा ढल निकास र कालो पत्र निर्माण गर्ने प्रयोजनका लागि केही हप्तापछि मात्रै बन्द गर्ने सहमति भएको प्रदेश यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -