April 22, 2025

चितवनमा कोरोना संक्रमित थपिँदै

April 10, 2021
- ADVERTISEMENT -

चितवन / छिमेकी मुलुकतिर कोरोना संक्रमित बढेसँगै नेपालमा पनि बढ्ने क्रम भएको छ । पछिल्लो तीन दिनयता कोरोनाबाट चितवनमा १९ जना संक्रमित थपिएका छन् । एकजना संक्रमितको मृत्यु भएको छ । चैत २५ गते बुधबार ११ जना संक्रमित थपिएका थिए भने चैत २६ गते बिहिबार ४ जना र शुक्रबार ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । पछिल्लो तीन दिनमा ७ संक्रमित निको भएर घर फर्किएका छन् ।
चितवनमा हाल ५२ जना सक्रिय संक्रमित छन् । चैत २४ गतेसम्म सक्रिय संक्रमितको संख्या ४० थियो । हाल सक्रिय संक्रमित मध्ये ४४ जना संक्रमित होम आइसोलेसनमा छन् भने ८ जना संक्रमित अस्पतालको आइसोलेसनमा छन् । पछिल्लो तीन दिनमा थप एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी गिताञ्जली ढकालले बताइन् ।
हालसम्म मृतक संक्रमितको संख्या १११ पुगेको छ । चितवनमा हालसम्म ६ हजार ९६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ हजार ७९९ जना संक्रमित निको भएका छन् ।

- ADVERTISEMENT -