चितवन / चितवनमा पछिल्लो तीन दिनमा १९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमित ह्वात्तै बढेपछि चितवनमा पनि यसको असर देखिएको हो ।
यसैबीच चितवन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले विदेशबाट फर्केपछि १० दिनसम्म अनिवार्य रुपमा होम क्वारेन्टिनमा बस्न आग्रह गरेको छ । व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले होम आइसोलेसनमा बसेका संक्रमितलाई तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
होम आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्यमा समस्या देखिएमा तोकिएको अस्पतालमा उपचार गराउन र आवश्यक निगरानी राख्न स्थानीय तहहरुलाई भनिएको छ । आवश्यकता अनुसार पिसिआर परिक्षण बढाउन र स्थानीय तहका अस्पतालहरुमा आइसोलेसन बेडहरु तयारी अवस्थामा राख्न भनिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।
यसअघि सञ्चालित आइसोलेसन केन्द्रहरुको पुनः व्यवस्थापन गर्न र स्वास्थ्य सामग्रीको न्युनतम मौज्दातको व्यवस्था गर्न स्वास्थ्य कार्यालयलाई निर्देशन दिइएको छ । आइसियू सुविधा भएका निजी अस्पतालहरुमा समेत आवश्यक आइसोलेसन वार्डको व्यवस्था गर्ने बैठकले निर्णय गरेको उनले बताए ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बढी भिडभाड हुने ठाउँमा जनस्वास्थ्यका मापदण्डहरु अनिवार्य पालना गर्न नागरिकहरुलाई अनुरोध गरिएको छ । त्यस्तै, शैक्षिक संस्थाहरुमा पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

विदेशबाट फर्केपछि १० दिन होम क्वारेन्टिनमा बस्न आग्रह
April 10, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
