काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै नयाँ सरकार बन्ने दाबी गरेका छन् ।
शनिबार माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको तीन दलको बैठक सकारात्मक भएको बताउँदै केही दिनमै नयाँ सरकार बन्ने दाबी गरेका हुन् ।
उनले भने, ‘केपीले त बर्बाद पार्ने भयो, सत्ता कब्जा नै गरेर हामी सबैलाई सिध्याउने भयो भनेर कांग्रेस आउनु ठूलो कुरा ठान्छु ।’ जसपाले पनि पार्टीमा सल्लाह गरेर एकदुई दिनभित्रै टुंग्याउँछु भनेको भन्दै उनले भने, मलाई लाग्छ, केही दिनभित्र नयाँ सरकार गठन हुन्छ ।’
साथै उनले आगामी चुनावमा दलहरुसँग मोर्चा बनाएर केपी शर्मा ओलीलाई चौथो पार्टी बनाउने बताए । ‘हामीहरु र नेकपा एमालेको एउटा पक्षसँग मोर्चा त बनिराखेकै छ,’ शनिबार भएको कर्मचारीको कार्यक्रममा माधवकुमार नेपाल समूहका नेताले आफूहरुले भन्दा राम्रो बोलेको सुनाउँदै उनले भने भने, ‘अर्कोले डिभोर्स गरिदिए पनि त्यो लभ त गएको छैन नि ।’
- ADVERTISEMENT -

प्रचण्डले भने, ‘केही दिनमै नयाँ सरकार बन्छ ।’
April 10, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
