February 6, 2025
- ADVERTISEMENT -

‘अब बन्ने नयाँ सरकारको प्रधानमन्त्री देउवा’ – महामन्त्री डा. कोइराला

April 10, 2021
File Photo

मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले अब सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छ ।
शनिवार चितवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले अबको नयाँ प्रधानमन्त्री पनि देउवा नै बन्ने दावी गरे ।
‘शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ । उहाँकै नेतृत्वमा अब सरकार बन्छ’, उनले भने, ‘ यस विषयमा अन्य दलसँग छलफल जारी छ ।’ माओवादीसहित जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुङ्गो लाग्ने उनको भनाइ थियो ।
अर्को प्रसंगमा उनले समयमा नै महाधिवेशन गर्नुपर्छ भन्ने आफूहरुको धारणा रहेको र सरकारमा जाँदा महाधिवेशनलाई कुनै असर पर्न नहुनेमा जोड दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -