२०८२ माघ ४, आईतवार
January 18, 2026
२०८२ माघ ४, आईतवार
January 18, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा म्याजिक दुर्घटना : दुईको मृत्यु, सात जना घाइते

प्रकाशित मिति : २०७७ चैत्र २९ गते
- ADVERTISEMENT -

चितवन / चितवनमा आज (आइतबार) बिहान भरतपुर १९ रामपुर चौकीमा सवारी दुर्घटना भएको छ । ना१ज ३८५९ नम्बर म्याजिक अनियन्त्रित भई खाल्डोमा खसेको थियो । दुर्घटनामा दुई जनाको मृत्यु, ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
प्रहरीका अनुसार मृत्यु हुनेमा म्याजिकमा सवार अन्दाजी वर्ष ४५ का कास्की रुपा गा.पा.१ बस्ने बर्ष ४५ को सुर्य खाती रहेका छन् भने उनको अस्पताल लाँदै गर्दा बाटोमै मृत्यु भएको हो । त्यस्तै अर्का मृतक म्याजिकमा सवार वर्ष ५५ का चितवन भ.म.न.पा. ४ बस्ने बर्ष ५० को राजेन्द्र दमाई भएको उनले बताए ।
दुर्घटनामा परि घाइते हुनेहरुमा लम्जुङ दोर्जि गा.पा.३ वस्ने वर्ष ३१ का विनोद गुरुङ, रसुवा जिल्ला कालिका गा.पा.२ बस्ने वर्ष १९ का प्रदिप घिमिरे रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको ् पुरानो मेडिकल कलेजमा उपचाररत छन् ।
उक्त दुर्घटनामा परि म्याजिक चालक चितवन जिल्ला भरतपुर १९ शारदानगर बस्ने बर्ष ३५ रमेश थापाको दुबै खुट्टा भांचिएको र उनको अवस्था गम्भिर रहेको र उनको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी सरकारी अस्पताल भरतपुरमा उपचार भइरहेको घाईतेहरुमा क्रमशः भरतपुर म.न.पा.६ बस्ने बर्ष ४७ की शारदा परियार, भरतपुर म.न.पा.२१ पार्वतिपुर बस्ने बर्ष ४८ की कुमारी बि.क., भरतपुर म.न.पा. १९ शारदानगर बस्ने बर्ष ३२ की बबिता गुरुङ रहेको प्रहरीको भनाई छ । त्यस्तै भरतपुर म.न.पा.१९ रामपुर बस्ने बर्ष २४ को अनुप लामाको सामान्य अवस्थामा सोही ठाउँको स्थानीय मेडिकल रामपुरमा उपचार भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -