२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

चितवनमा ट्याक्टर दुर्घटना : पाँचजनाको मृत्यु, २० घाइते

प्रकाशित मिति : २०७७ चैत्र ३० गते
- ADVERTISEMENT -

चितवन / राप्ती नगरपालिका ११ नम्बर वडा कार्यालयको भवन ढलान गरी फर्कने क्रममा आइतबार साँझ ट्याक्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी ज्यान गुमाउनको संख्या ५ पुगेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेहरुमा राप्ती नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष ३५ का खड्क लामा, राप्ती ४ बस्ने बर्ष ४५ का सिताराम श्रेष्ठ, खैरहनी नगरपालिका वडा नम्बर ९ बस्ने बर्ष ५० कि छनिया महतो, खैरहनी ९ कै बर्ष ४० को मगन महतो र एकजना नाम थर वतन नखुलेको करिब २५ बर्षको पुरुष रहेको प्रहरीले जनाएको छ ।
यस्तै दुर्घटनामा परी अन्य २० जना भएको चितवन प्रहरीले जनाएको छ । घाइतेहरु मध्ये ८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
प्रहरीका अनुसार घाइतेहरुको पुरानो मेडिकल कलेज, भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ ।

- ADVERTISEMENT -