चितवन / राप्ती नगरपालिका वडा नम्बर ११ को कार्यालयको छत ढलान गरेर फर्किदा भएको दुर्घटनामा थप एकजना मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर ४ का सूर्यबहादुर श्रेष्ठ रहेका छन ।
उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले जानकारी दिए । यो संँगै ट्रयाक्टर दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । यी मध्ये पांँचजनाको सनाखत भईसकेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
आइतबार साँझ उनीहरु कार्यालय ढलान सकेर घर फर्केने क्रममा ट्याक्टर अनियन्त्रित भई सडकबाट दुईसय मिटर तल खसेको थियो । दुर्घटनामा आइतबार पांँच जनाको मृत्यु भएको थियो । ना १ त ६२९२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।
दुर्घटनास्थलमा मदिराका बोतलहरु भेटिएका कारण चालक लगायत अन्य मजदुरले मदिरा सेवन गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

ट्याक्टर दुर्घटना अपडेट : मृतक थप एक, कुल ६ जना
April 12, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
